संविधानको मर्मअनुसार कानून निर्माण हुनुपर्छः मन्त्री खड्का


१० श्रावण २०८२, शुक्रबार १६:३७ मा प्रकाशित



काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले संविधानको मर्मअनुसार कानून निर्माण हुनुपर्ने बताउनुभएको छ ।


शुक्रवार बसेको विधायन व्यवस्थापन समितिमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानको मर्मअनुसार कानून बनेको छ की छैन भनेर सांसदहरुले विचार विमर्श गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले अब बन्ने कानून संविधानको मर्मअनुसार बन्नुपर्ने र अधिकारको महत्वलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल भएको हो । 

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले अधिकारी विकेन्द्रीकृत हुनेगरी कानून बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले कुनै पनि जलसम्बन्धी योजनाहरु निर्माण गर्न संघअन्तर्गतको आयोगमा आएर अनुमति लिइरहने कुराले विकासको काम अघि बढ्न नसक्ने बताउनु भयो । 

उहाँले केन्द्रिकृत अधिकारले विकासलाई तिब्रता दिन नसकिने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here