खडेरीको चपेटामा मधेश : ब्याडमै सुक्यो बिउ 


१० श्रावण २०८२, शुक्रबार १०:२० मा प्रकाशित

देशभर मनसुनी प्रणाली सक्रिय भएको लगभग दुई महिना हुँदा पनि मधेश प्रदेशका आठ जिल्लाहरूमा पर्याप्त वर्षा भएको छैन । समयमै वर्षा नहुँदा बर्खामै मधेशमा कडा खडेरी लागेको छ । 

साउन आधा हुनै लाग्दा पनि किसानले धान रोपाइँ गर्न पाएका छैनन् । पर्याप्त पानी नपर्दा रोपाइँ हुन सकेको छैन भने रोपेको धान पनि सुक्न थालेको छ । खेतमा धाँजा फाट्दा धानको बिउ ब्याडमै सुक्न थालेको किसान बताउँछन् । 

सुख्खा र खडेरीका कारण असार २६ गते मधेश  सरकारले मधेशका आठ जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो भने श्रावण ७ गते संघीय सरकारले पनि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले मधेशमा परेको खडेरी र सुक्खाका कारण उत्पन्न संकट समाधानका लागि सरकार गम्भीर रूपमा लागिपरेको बताएका छन् । 

बिहीवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले मधेशमा रहेको खानेपानीको समस्या समाधानका लागि सरकारले तत्कालीन र दीर्घकालीन योजना बनाइरहेको पनि बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here