इमान्दार र जिम्मेवार इन्जिनियरहरुको खाँचो छः उपप्रधानमन्त्री सिंह


५ श्रावण २०८२, आईतवार १०:३६ मा प्रकाशित



काठमाडौं । उपप्रधानमन्त्री उवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले इमान्दार, जिम्मेवार र प्रविधिसँग चल्नसक्ने क्षमता भएका सक्षम इन्जिनियरहरुको खाँचो रहेको बताउनुभएको छ ।


शनिवार ललितपुरमा ६३ औं इन्जिनियर्स डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आज शहरीकरण त्रिब रुपमा बढिरहेको भन्दै प्रविधिसँग चल्नसक्ने क्षमता भएका सक्षम इन्जिनियरहरुको खाँचो रहेको बताउनु भयो ।

इन्जिनियरहरुबाटै योजनावद्ध र समावेशी शहरीकरण सम्भव रहेको बताउनु भयो । सडक, खानेपानी, जनविकास, आवास, सार्वजनिक भवन निर्माण, हरित पूर्वाधार निर्माणमा इन्जिनियर आर्किटेक्टहरुको योगदान अनुपम रहेको उल्लेख गर्नुभयो ।

जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, जनसंख्याको चाप, अव्यवस्थित बसोवासको चुनौतिको सामना गरिरहेको स्मरण गर्दै यस्तो अवस्थामा इन्जिनियरहरुले प्राविधिक समाधान दिनुका साथै नीति निर्माण तहमा समेत योगदान गर्नुपर्ने आवश्यकता देखिएको बताउनु भयो ।

इन्जिनियरहरुलाई पेशागत सशक्तिकरण सरक्षात्मक कार्यको वातावरण र स्पष्ट वृद्धि विकासको मार्गमा सहयोग गर्न सरकार सदैव सकारात्मक रहेको पनि बताउनु भयो । 


उपप्रधानमन्त्री सिंहले इन्जिनियर भनेको पूर्वाधार निर्माण गर्ने व्यक्तिमात्र नभइ नवप्रवद्र्धन, सुरक्षित आप्रवास, वातावरणीय सन्तुलत तथा दिगो शहरी विकासका लागि आधारशिला भएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here