नेपाल मेडिकल कलेजद्वारा कर्मचारी आह्वान


४ श्रावण २०८२, शनिबार ११:०३ मा प्रकाशित

काठमाडौँ- नेपाल मेडिकल कलेज, काठमाडौँले स्वास्थ्यकर्मी माग गरेको छ। कलेजले एक सूचना प्रकाशित गरी प्रोफेसर, एसोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर, स्टाफ नर्सहरू माग गरेको हो।

प्रकाशित सूचना अनुसार कलेजले इलेकट्रिकल इन्जिनियर, क्यास काउन्टर टेलर, असिस्टेन्ट रेडियोग्राफर, हेल्थ असिस्टेन्ट समेत माग गरेको छ।

कलेजको स्वास्थ्य सेवालाई अझ प्रभावकारी तथा गुणस्तरीय बनाउन थप जनशक्ति माग गरिएको बताइएको छ। माग गरिएका पदहरूमा उम्मेदवारले असार १२ गतेभित्र दरखास्त पठाउन सक्नेछन्।

इमेल मार्फत व्यक्तिगत विवरण सङ्कलन गरी सर्टलिस्टमा परेकाहरूलाई अन्तरवार्ताका लागि बोलाइने अस्पताल प्रशासनले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here