झापा बुद्धशान्तिका युवाहरुद्वरा बालिकालाई नगद  सहयोग हस्तान्तरण


३ श्रावण २०८२, शुक्रबार २०:०७ मा प्रकाशित

बुद्धशान्ति । झापा बुद्धशान्तिका युवाहरुको पहलमा संकलन भएको नगद ५८ हजार ५ सय ८६ रुपैयाँ बुद्धशान्ति ५ कि बालिकालाई बिहीवार र शुक्रवार गरि नगद  सहयोग हस्तान्तरण गरेको छ ।

बुद्धशान्ति वडा नम्बर ५ निवासी चन्द्र खवासकि १६ वर्षिय छोरी आन्द्रामा समस्या भई उपचाररत अङ्किता खवासलाई उपचारमा सहयोग मिलोस भन्ने उदेश्यले नगद सहयोग हस्तान्तरण गरेको दिपक भट्टराईले जानकारी दिनुभयो ।

आर्थिक अवस्था कमजोर भएका खवासको उपचारमा करिव ४ लाख खर्च भैसकेको छ । अन्किता खवासलाई सहयोगार्थ संचालन गरिएको “स्वच्छिक सहायता अभियान” मा सहयोगी मनहरुबाट तीन दिनमा संकलन भएको ५८ हजार ५ सय ८६ रुपैया संकलन भएको रकम अस्पताल परिसरमा पुगेर अन्किताका बुवा चन्द्र खवासलाई हस्तान्तरण गरिएको द्रोणचार्य लामिछानेले बताए ।

नानीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै सहयोग गर्नुहुने सम्पुर्ण महानुभाबहरुमा अभियानका भट्टराईले सबैलाई धन्यवाद ज्ञापन पनि गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here