शिक्षाको पहुँच देशका कुनाकाप्चासम्म पु¥याउनुपर्ने टड्कारो चुनौति छः सभापति देउवा


१ श्रावण २०८२, बुधबार १८:३५ मा प्रकाशित



काठमाडौं ।
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षाको पहुँच देशका कुनाकाप्चासम्म पु¥याउनुपर्ने टड्कारो चुनौति रहेको बताउनुभएको छ ।


बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । वैज्ञानिक, प्राविधिक, व्यवसायिक शिक्षालाई उच्च प्राथमिकतामा नराख्ने हो भने विद्यार्थीले सीप सिकेर रोजगारी प्राप्त गर्न सम्भव नरहेको बताउनु भयो ।

उहाँले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुका साथै सुविधा पनि विस्तार गर्नुपर्ने खाँचो रहेको बताउनु भयो । उहाँले दुर्गम ठाउँमा भौतिक पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

शैक्षिक सचेतनामुलक कार्यक्रमका माध्यमबाट शिक्षा नवप्रवर्तन, सिकाई सामग्री, प्राविधिक तथा व्यवसायिक शिक्षामा पहुँच अभिवृद्धि, विद्यार्थीका लागि खेल सामग्री व्यवस्थापन, अनुशासन जस्ता विषयमा ध्यान दिनसके समग्र मुलुककै शिक्षामा परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो । 


सभापति देउवाले आजको चुनौति आफ्नै गाउँ ठाउँमा गुणस्तरीय शिक्षा प्रदान गर्नु रहेको बताउनु भयो । सामुदायिक विद्यालयहरुले मुलुकको शिक्षा विकासमा महत्वपूर्ण योगदान दिएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here