नेपाल इभि युगमा गइसक्योः मन्त्री दाहाल


१ श्रावण २०८२, बुधबार १३:३३ मा प्रकाशित


काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल इभीको युगमा प्रवेश गरिसकेको बताउनुभएको छ ।


दिगो, सुरक्षीत, वातावरणमैत्री यातायातको सुरुआत गरिसकेकाले अब यसलाई कसैले रोक्न नसक्ने उहाँले बताउनुभएको हो । महानगर यातायात प्रालिको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यातायात पूर्वाधारको क्षेत्रमा नेपालपछि नै रहेपनि केही वर्षको दौरानमा धेरै प्रगति भइरहेको बताउनु भयो ।

उहाँकाअनुसार पूर्वदेखि पश्चिम समेट्ने राजमार्ग र उत्तर दक्षिणका करिडोर रहर लाग्दो तवरले बनिरहेका छन् । उहाँले मुलुकलाई संघीय संरचनामा लगेपछि कतिपय दुविधा देखिएको बताउनु भयो । दाहालकाअनुसार संघले गर्ने काम प्रदेशले र प्रदेशले गर्ने काम कतिपय स्थानीय तहले गरिरहेका छन् । यसमा संघले समन्वय गरेर दुविधा हटाउन खोजिरहेको छ ।  मन्त्री दाहालकाअनुसार डाइभिङ लाइसेन्सको समस्या हल भएको छ ।

उहाँले आफू मन्त्री भएर आएपछि अनवरत प्रयत्न गरेर समस्या हल गरेको बताउनु भयो । अब लाइसेन्स दिने काम प्रदेशको भएकाले साउन १ देखि प्रदेशले नै दिने उहाँको भनाइ छ । दिगो भरपर्दो वातावरणमैत्री सडक बनाउन सरकार लागिरहेको छ । अहिले विश्व बैंक, एडीबी, जाइकाको सहयोगमा सडक पूर्वाधार बनिरहेको उहाँको भनाई छ ।


अब सार्वजनिक गाडीहरुमा क्यासलेस सिस्टम लागू गर्नुपर्ने उहाँले बताउनु भयो । साना गाडीहरु विस्थापन गर्ने नीति सरकारको रहेको उहाँको भनाई छ । मन्त्री दाहालले नेपाल सरकारले जामलाई कसरी व्यवस्थित गर्ने काम गरिरहेको बताउँदै यातायात व्यवसायीहरुसँग बसेर यातायातका समस्याका बारेमा छलफल गर्न आफू तयार रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here