काठमाडौं । बुधवार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो । उहाँले लार्भा उत्पादन हुने आधारहरुलाई नष्ट गर्न सरसफाई अभियान शुरु गर्न आग्रह गर्नुभयो ।
साउन, भदौ, असोज र कार्तिक महिनामा डेंगीको संक्रमण उच्च हुने भन्दै ४ महिनामा कुनैपनि निर्माणको काम नगर्न, निर्माणका सामग्रीहरु जताततै नफाल्न, खाल्डो नखन्न, पानी जम्ने खाल्डोहरु पुर्न र फालिएका टायरहरु व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।
सरकारी कार्यालयहरु जोगाउनसके दर्जनौँ मानिसहरुलाई डेंगुबाट जोगाउन सकिने बताउनु भयो । डेंगुबारे सचेतना अभियान फैलाउनसके डेंगी फैलिनबाट रोक्न सकिने बताउनु भयो ।
मन्त्री पौडेलले डेंगुबाट जोगिन आफू बसेको ठाउँलाई लार्भारहित बनाउन आग्रह गर्नुभयो । आफूले आफूलाई सुरक्षा गर्नसके मात्रै अरुलाई सहयोग गर्न सकिने बताउनु भयो । उहाँले सरकारी कार्यालयहरु सबै लार्भा नष्ट अभियानमा सक्रिय हुनुपर्ने बताउनु भयो । हरेक शुक्रवार (साउन, भदौ, असोज र कार्तिक महिना) प्रभावकारी रुपमा सरसफाईमा लाग्न आग्रह गर्नुभयो ।






