झापाली चेली सुसाना कोइराला ‘मेरो डान्स युनिभर्स सिजन २’ को टप १० मा, भोटका लागि अपिल


१ श्रावण २०८२, बुधबार १३:०३ मा प्रकाशित

झापा । “मेरो डान्स युनिभर्स सिजन २” मा झापा अर्जुनधारा –५ की सुसाना कोइराला टप १० भित्र पर्न सफल भएकी छिन् । सानैदेखि नृत्यमा रुचि राख्ने सुसानाले आफ्नो नृत्य यात्रा गुरुकुल म्युजिक डान्स सेन्टरबाट सुरु गरेकी थिइन् ।

हाल उनी बिर्तामोड– २ स्थित मोहनमाया माध्यमिक विद्यालयमा १००% छात्रवृत्तिमा तीन वर्षे सब इन्जिनियरिङमा अध्ययनरत छन् । विद्यालयका शिक्षक मुकुन्द ढकालले सुसानाको शैक्षिक पृष्ठभूमि उजागर गर्दै भन्नुभयो, “सुषाना हाम्रो विद्यालय मोहनमाया माविकी होनहार छात्रा हुन् ।

उनी भाषण, अध्ययन, नृत्य जस्ता हरेक क्रियाकलापमा सधैं अगाडि थिइन् । अथक मेहनतले नै आज सुसानालाई यो स्थान सम्म पुर्याएको बताउदै शिक्षक ढकालले देश–विदेशमा रहनुभएका सबैलाई भोट गरेर सहि प्रतिभाको कदर गरिदिन आग्रह गर्नुभयो ।

शिक्षामा अब्बल, नृत्यमा प्रतिभाशाली र मेहनती सुसना अहिले राष्ट्रिय मञ्चमा आफ्नो कला प्रदर्शन गर्दै दर्शक, निर्णायक र प्रशिक्षकहरूको मन जित्दै अगाडि बढिरहेकी छन् । उनी विजेता हुँदै उपाधिको प्रतिस्पर्धामा अघि बढिरहेकी छिन् । साथै यनीले फ्लेग्जिवल क्विन उपाधि पनि जितेकी छिन् ।
भोटका लागि अपिल
भोट गर्ने अन्तिम समयः भोलि साँझ ६ बजेसम्म मात्र ! सुसानाकी आमा सानु श्रेष्ठले भोट गर्न सबैसँग आग्रह गर्नुभको छ । उहाँ भन्नु हुन्छ “मेरो छोरीले आफ्नो प्रतिभा र मेहनतले यहाँसम्म आइपुगेकी छ, अब तपाईंहरूको एक भोटले उनलाई अझै सफल बनाउनेछ ।

कृपया सबैले भोट गरेर सुसनाको साथ दिनुहोस् । आज एक कार्यक्रमका विच भोटको अपिल गरिएको हो । कार्यक्रममा उपस्थित शिक्षक, गुरुवर्ग, समाजसेवी ब्यक्त्तिव लगायत अन्य सबैले झापाली चेली सुसानाकी कोइरालाई बढी भन्दा बढी भोट दिएर जिताउन आग्रह गर्नुभयो । गुरुकुल म्युजिक डान्स एण्ड ड्रेस हायर सेन्टरकी प्रोपाइटर कमला नेम्बाङले उहाँलाई जिताउन आफुहरु सक्दो लागि परिरहेको बताउनुभयो ।

भोट गर्ने तरिका

१. देशभित्र (मोबाइल एपमार्फत)
आफ्नो मोबाइलमा play store वा app store मा गई my intra एप डाउनलोड गर्नुस् ।
एप खोल्न लगइन गर्नुहोस् ।
सर्च गरेर सुसना कोइरालाको प्रोफाइलमा जानुहोस र प्रोफाइल click गरेर भोट गर्न सक्नुहुनेछ । त्यहाँबाट सजिलै भोट दिन सकिन्छ । मेसेजमा MDU Space 12 टाइप गर्नुहोस् । यसलाई 37000 नम्बरमा पठाएर भोट गर्न सक्नु हुनेछ ।

२. देशबाहिर intra app एप डाउनलोड गर्नुस् । एप खोल्न लगइन गर्नुहोस् । सर्च गरेर सुसना कोइरालाको प्रोफाइलमा जानुहोस र प्रोफाइल click गरेर भोट गर्न सक्नुहुनेछ । त्यहाँबाट सजिलै भोट दिन सकिन्छ ।

आफ्नो मोबाइलको मेसेज बक्स खोल्नुहोस् ।
मेसेजमा MDU Space 12 टाइप गर्नुहोस् । यसलाई 37000 नम्बरमा पठाएर भोट गर्न सक्नु हुनेछ ।
साथै उहाँलाई केही आर्थिक सहयोग मार्फत भोट दिनको लागि खल्ती इ–सेवा, तथा QR बाट पनि गर्न सकिनेछ ।

किन भोट दिने सुसना कोइरालालाई ?

✔ नृत्य यात्रा गुरुकुलबाट सुरु गरेकी समर्पित कलाकार
✔ १००% छात्रवृत्तिमा अध्ययनरत अब्बल विद्यार्थी
✔ राष्ट्रिय मञ्चमा झापाको शान बोकेर चम्किरहेकी नृत्याङ्गना
✔ शिक्षासँगै कलामा उत्कृष्टता हासिल गरेकी युवा प्रेरणा

समाजको साथ आवश्यक छ !

स्थानीय विद्यालय, समुदाय, युवा क्लब, सामाजिक अभियन्ता र सम्पूर्ण दर्शकहरूलाई सुसनाको पक्षमा भोट गर्न हार्दिक अनुरोध छ । अबको एक भोटले उनको भविष्य बनाउनेछ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here