ट्रम्पको रुसलाई चेतावनीः ५० दिनभित्र युद्धविराम नभइ सय प्रतिशत कर लगाउँछु, नेटोमार्फत युक्रेनमा हतियार पठाउँछु


१ श्रावण २०८२, बुधबार ११:३७ मा प्रकाशित


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले नेटोमार्फत युक्रेनमा हतियार पठाउने बताउनुभएको छ । यदि ५० दिनमा युद्धविराम सम्झौता भएन भने रूसलाई लक्षित कर लगाउने चेतावनी दिनुभयो । ट्रम्पले ओभल अफिसमा नेटो महासचिव मार्क रुटलाई भेट्दै युक्रेनलाई सहयोग गर्ने हतियार सम्बन्धी नेटोसँग सम्झौताको घोषणा गर्नुभयो । 


अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले ट्रम्पले आर्थिक प्रतिवन्ध भन्न खोजेको स्पष्ट पार्नुभयो । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here