युरोपमा गर्मीको लहर जारी, इटालीमा ५ जनाको मृत्यु


२१ असार २०८२, शनिबार १०:०४ मा प्रकाशित


इटालीको धेरैजसो भागमा निरन्तर घातक गर्मीको लहरले प्रभाव पारेको छ । जसले गर्दा प्रमुख शहरहरूमा रेड अलर्ड जारी गरिएको छ । स्वास्थ्य सेवाहरूमा विरामीको चाप बढेको छ । बुधवारसम्म इटालीमा गर्मीसँग सम्बन्धित कारणहरूले गर्दा कम्तिमा पाँच जनाको मृत्यु भएको छ ।

रोममा, अधिकारीहरूले पर्यटकीय हटस्पटहरू र यातायात केन्द्रहरूमा रेडक्रसद्वारा कर्मचारीहरूलाई जलपान स्थलहरू तैनाथ गरेका छन् । शहरका कमजोर र घरबारविहीन मानिसहरूका लागि विशेष सहायता सेवाहरू सक्रिय पारिएका छन् । यस हप्ताको अन्त्यमा २० वटा शहरहरूमा रेड अलर्ट जारी गरिएको छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here