अनारमनी लिवर्टी स्कुलमा अध्ययनरत दुई जना विद्यार्थीले ल्याए ४ जि.पि.ए


१६ असार २०८२, सोमबार १४:५३ मा प्रकाशित

बिर्तामोड । झापाको बिर्तामोड–५ मा अवस्थित अनारमनी लिवर्टी स्कुलमा अध्ययनरत दुई जना विद्यार्थीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उल्लेखनीय सफलता हासिल गरेका छन् ।

कक्षा १० का छात्र सौरभ अग्रवाल र सरोज निरौलाले ४.०० पूर्ण ग्रेड (जीपीए) ल्याउँदै विद्यालयको शैक्षिक उन्नतीमा थप सफलता हासिल गरेका छन् । दुवै छात्रको उत्कृष्ट उपलब्धिलाई सम्मान गर्न विद्यालयले प्रोत्साहनस्वरूप ल्यापटप प्रदान गर्ने निर्णय गरेको छ ।

विद्यालयकी उप–प्रधानध्यापक रुवी थापाले भनिन्, “सौरभ र सरोजको निरन्तर परिश्रम, शिक्षकहरूको समर्पण र अभिभावकहरूको सहयोगले यस्तो नतिजा सम्भव भएको हो । उनीहरूलाई अझ प्रोत्साहित गर्न विद्यालयले ल्यापटप दिने निर्णय गरेको छ ।

विद्यालय प्रशासनका अनुसार यस्तो सम्मानले अन्य विद्यार्थीहरूलाई पनि उत्कृष्टता हासिल गर्न थप प्रेरणा दिने विश्वास गरिएको छ । लिभर्टी स्कुलले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा कायम राख्ने जनाएको छ ।

साथै, विद्यालयले शैक्षिक विकाससँगै विद्यार्थीकै समग्र व्यक्तित्व विकासका लागि विविध अतिरिक्त क्रियाकलापहरू समेत सञ्चालन गर्दै आएको छ । विद्यालयमा नृत्य (डान्स), गायन, खेलकुद (स्पोट्र्स), चित्रकला (आर्ट), वकृत्व (बक्तृत्वकला) लगायतका कार्यक्रमहरू नियमित रूपमा सञ्चालन भइरहेका छन् ।

साथै, कमजोर शैक्षिक स्तर भएका विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष कोचिङ कक्षा समेत सञ्चालन गरिँदै आएको विद्यालयले जनाएको छ । सफलता हासिल गरेका सौरभ र सरोजले आफ्नो उपलब्धिको श्रेय विद्यालय, शिक्षक, अभिभावक र कडा मेहनतलाई दिएका छन् । तीनीहरूले भविष्यमा पनि अध्ययनमा उत्कृष्टता कायम राख्दै देश र समाजको सेवा गर्ने अठोट व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here