विद्या भण्डारी राजनीतिमा फर्किने घोषणाको हल्लाबारे अध्यक्ष ओलीः कुनै बम पड्किनेवाला छैन, सपना नदेख्नूस्


१४ असार २०८२, शनिबार १७:३४ मा प्रकाशित


काठमाडौं ।  प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले ध्वस्त हुने सपना नदेख्न आग्रह गर्नुभएको छ । 


शनिवार काठमाडौंमा जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित जबजका तीन दशक विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

सञ्चारमाध्ययमा आज आफूले र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बम पड्काउने जस्ता भ्रम फिँजाइएको र आजैबाट नेकपा एमाले ध्वस्त हुने कुरा गरिएको भन्दै केही पनि नहुने बताउनु भयो ।

उहाँले मदन भण्डारीको ७४ औं जन्मजयन्ती यसलाई उनीहरुले विभिन्न आश र अपेक्षा गरेका बताउनु भयो । नेकपा एमाले एक रहेको र एक रहने बताउनु भयो । अब पनि एकजुट भएर अघि बढ्ने स्पष्ट पार्नुभयो । 

प्रधानमन्त्री ओलीले नहुने सपना नदेख्न पनि आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here