काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको मिथेन ग्याँसको व्यवसायिक उत्पादन आगामी आर्थिक वर्षभित्र भइसक्ने बताउनुभएको छ ।
मंगलवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले दैलेखमा मिथेन ग्याँसको ११२ अर्ब घनमिटर एउटा कुवाबाट मात्रै प्राप्त हुने कामको अनुसन्धान सफलतापूर्वक सम्पन्न भएको बताउनु भयो । यसको परीक्षण उत्पादन मंसिरभित्रमा सम्पन्न हुने बताउनु भयो । यसको सदुपयोग पनि गरिने जानकारी दिनुभयो ।
प्रधनमन्त्री ओलीले विद्यालय शिक्षा ऐन छिटो पारित गर्नेतर्फ सरकार अग्रसर रहेको बताउनु भयो ।