मानवीय संकटबीच गाजाका बासिन्दाहरू बढ्दो मूल्य र नगद अभावसँग संघर्ष गर्दै


१० असार २०८२, मंगलवार १०:५३ मा प्रकाशित


अक्टोबर ७, २०२३ मा गाजामा इजरायली–प्यालेस्टिनी द्वन्द्व शुरु भएदेखि एन्क्लेभका २३ लाख बासिन्दाहरूले आर्थिक र मानवीय संकटको सामना गरेका छन् । नाकाबन्दी, आपूर्ति श्रृङ्खलाको अभाव र प्रभावकारी निरीक्षणको अभाव लगायत धेरै कारकहरू रहेको विज्ञहरुको भनाइ छ ।

रेकर्ड मुद्रास्फीति, क्रयशक्तिलाई कमजोर बनाएको छ । सबैभन्दा आधारभुत वस्तुहरूलाई पनि पहुँचबाट बाहिर राखेको छ । तीन सन्तानका बुबा ३३ वर्षीय जमिल अबु महादी, नगद पहुँचको उच्च लागतले ग्रस्त धेरै गाजाका बासिन्दाहरूमध्ये एक हुन् । 

छ सन्तानका बुबा ४५ वर्षीय मोहम्मद अल–हद्दादलाई थाहा छ कि पीठोको सानो झोलाले उनको परिवारलाई एक दिनको लागि खुवाउन मुस्किलले पुग्छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here