यातायात व्यवस्था कार्यलय मेचीले गर्यो ६४ करोड बढी राजस्व संकलन


१७ श्रावण २०७६, शुक्रबार १७:३१ मा प्रकाशित

झापा । यातायात व्यवस्था कार्यलय मेचीले आर्थीक वर्ष २०७५/०७६ मा ६४ करोड १९ लाख १३ हजार ८ सय ७७ रुपैयाँ राजस्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा कार्यालयले कुल ५६ करोड राजस्व संकलन गरेको थियो । सो आर्थिक वर्षको तुलनामा आर्थीक वर्ष २०७५/०७६ मा राजस्व संकलनमा वृद्धि भएको हो । यातायात व्यवस्था कार्यलय मेचीमा वर्षेनी राजस्व संकलनमा वृद्धि हुदै आएको छ । आर्थिक वर्ष २०७५/०७६ पनि राजस्व संकलनमा ७.१४ प्रतिशतले बृद्धि भएको यातायात व्यवस्था कार्यलयका लेखा अधिकृत सुवास तामाङले बताए ।

राजस्व संकलन हुने सवारीमा सबै भन्दा बढी बस, कार, जिप, भेन रेहका छन् । जसबाट ३० करोड १६ लाख ७ हजार ७ सय चौसठी रुपैयाँ संकलन भएको छ । त्यस्तै मोटर साईकलबाट २३ करोड २३ लाख ४ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यलयको तथ्याङ्कमा उल्लेख छ ।

कार्यलयले सवारी चालक अनुमति पत्रबाट ९ करोड ९१ लाख राजस्व संकलन गरेको छ । पटके सवारी कर वापत कार्यलयले ७१ लाख राजस्व संकलन गरेको कार्यलयले जनाएको छ । यातायात व्यवस्था कार्यलयमा सवारी दर्ताको संख्या पनि वर्षेनी बढ्दो क्रममा छ जस्का कारण वर्षेनी राजस्व वृद्धि हुने गरेको कार्यलयको भनाई छ । आर्थीक वर्ष २०७५/०७६ मा लगभग १ हजारको संख्यामा सवारी दर्ता भएको कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here