शिक्षा क्षेत्रमा पठनपाठनको होइन, सिकाईको संकटः महामन्त्री थापा


३० जेष्ठ २०८२, बिहीबार २०:१० मा प्रकाशित


काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले शिक्षा क्षेत्रमा पठनपाठनको नभइ सिकाईको संकट रहेको बताउनुभएको छ । 


बिहीवार काठमाडौंमा नेपाल शिक्षक संघ संघीय कार्यसमितिको २४ औं संघीय प्रतिनिधि सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विद्यालय शिक्षा विधेयबाट यसको समाधान हुने बताउनु भयो । उहाँले अबको दशका शिक्षा विकासको दशक भएको उल्लेख गर्दै अब माथिल्लो स्तरमा पुग्न जरुरी रहेको बताउनु भयो ।

त्यसका लागि कक्षाकोठा भित्रको सिकाइ नबदीलकन सम्भव नरहेको जिकिर गर्नुभयो । परिवर्तनको संवाहक शिक्षक भएकाले एउटा नयाँ जोशका साथ विद्यालय र कक्षा कोठाको अवस्था बदल्नुपर्ने बताउनु भयो ।  


महामन्त्री थापाले अहिले राजनीतिक दलमा आवद्ध हुनु भनेको खराब हो भन्ने भाष्य सिर्जना गरिएको भन्दै आपत्ति जनाउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here