भारतका संघीय मन्त्री अमित शाहले बिहीवार पश्चिमी राज्य गुजरातमा भएको विमान दुर्घटनामा एक जना बाँच्न सफल भएको पुष्टि गर्नुभएको छ । उहाँले दुर्घटनाग्रस्त विमानमा १ लाख २५ हजार लिटर इन्धन रहेको पनि बताउनु भयो ।
विमानमा २ सय ३० यात्रु र १२ चालक दलका सदस्य रहेको बताउनु भयो । शाहले एयर इण्डिया विमान दुर्घटनामा मानिसहरूलाई बचाउने प्रयास असफल भएको बताउनु भयो ।
विमानमा रहेको १ लाख २५ हजार लिटर इन्धनको ज्वलनले तापक्रम अत्यधिक उच्च भएका कारण घाइतेको उद्धारमा कठिनाइ भएको बताउनु भयो । प्राधिकरणले अहिलेसम्म विमान दुर्घटनामा मृत्यु हुनेको संख्या सार्वजनिक गरेको छैन ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।