सङ्घीयता आवश्यक छ तर बोझिलो भयोः स्वास्थ्यमन्त्री पौडेल


३० जेष्ठ २०८२, बिहीबार २०:०३ मा प्रकाशित


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपालमा सङ्घीयता आवश्यक रहेको तर बोझिलो भएको बताउनुभएको छ । 


बिहीवार मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाम आयोजित ‘क्षयरोग मुक्त नेपाल अभियान कार्यक्रमको प्रदेश स्तरीय समीक्षा’ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू सङ्घीयताको विरोधी नरहेको बताउँदै मन्त्री मात्रै हुने सङ्घीयताको अर्थ नभएको बताउनु भयो ।

उहाँले ५०० बढी सांसद हुने सङ्घीयता नरहेको समेत जिकिर गर्नुभयो । उहाँले तीन तहको सरकार भएपनि तीन देशको सरकार भएको जस्तो देखिएको जिकिर गर्नुभयो । उहाँले स्रोत सङ्घबाट चाहिने र अन्य विषयमा सहकार्य नगरे पनि नहुने भाव प्रदेश र स्थानीय तहमा देखिएको जिकिर गर्नुभयो ।

उहाँले सङ्घीयता भित्रै तीन तहका सरकारहरूले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले तीनै तहको सरकार एउटै नागरिकको सेवा गर्न बनेको बताउँदै सङ्घ, प्रदेश र स्थानीय तहबिच सहकार्य आवश्यक रहेको बताउनु भयो । 


उहाँले अहिले भइरहेको चालु खर्चमा आधा घटाउन सक्नुपर्नेमा जोड दिँदै आधा घटाउनसके मात्रै सङ्घीयता चल्ने बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here