बुटवल । बुटवल बसपार्कमा रोकिराखेको बसको छतमा एक शव फेला परेको छ ।
गुल्मी चन्द्रकोटका ३५ वर्षीय दिपक थापाको शब भेटिएको डिएसपी भीमलाल भट्टराईले जानकारी दिए । लु १६१३७ नम्वरको सो बस १५ दिनयता संचालनमा नआएको उनले बताए । शवको प्रकृति हेर्दा केही दिनअघि नै थापाको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । ‘यो क्षेत्र गन्हाउन थालेपछि खोजतलास गर्दा शव भेटिएको हो’ डिएसपी भट्टराईले भने ।
स्थानीय बस व्यवसायीहरुका अनुसार मृतक थापा पैसा मागेर मदिरा खाने गरेको र आफूहरुलाई परेका बेला सघाउने गरेका थिए ।





