सप्तकोशी नदीमा बेपत्ता सशस्त्रका दुई जवानमध्ये एकजनाको शव फेला परेको छ । हरदेव राजवंशीको शव घटनास्थलबाट झन्डै तीन किलोमिटर दक्षिणमा फेला परेको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । बेपत्ता अर्का जवान सुरज साउदको खोजी भइहेको छ ।
मनसुनजन्य विपदको पूर्वतयारी अभ्यासको क्रममा हिजो उनीहरु सप्तकोशी नदीमा बेपत्ता भएका हुन् । खोजीका लागि दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीबाट डीएसपीको कमान्डमा चार जना गोताखोरसहित ३५ जना र नम्बर ६ गण सप्तरीबाट विपद् व्यवस्थापन तालिम प्राप्तसहित डिएसपीको कमान्डमा २० जना सुरक्षा फौज परिचालन गरिएको थापाले जानकारी दिनुभएको छ ।