गणतन्त्रसहित धर्मनिरपेक्ष, समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा काँग्रेस दृढ छः सभापति देउवा


१५ जेष्ठ २०८२, बुधबार १०:०० मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रसहित धर्मनिरपेक्ष, समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा नेपाली काँग्रेस दृढ रहेको बताउनुभएको छ । 


बुधवार पार्टी केन्द्रिय कार्यालयमा पार्टी निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, केन्द्रीय समितिको अभियान अन्तर्गत  बागमती प्रदेशद्वारा आयोजित प्रदेश स्तरीय संगठनात्मक क्षमता अभिवृद्धि तथा सशक्तिकरण एवं प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली काँग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरु गणतन्त्रसहित धर्मनिरपेक्ष समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा नेपाली काँग्रेस दृढ रहेको उल्लेख गर्नुभयो । उहाँले संविधान संशोधन गर्दा आदिवासी जनजातिले प्राप्त गरेको उपलब्धिलाई जोगाउँदै प्रगतिशिल बनाउन आफूहरुले चाहेको बताउनु भयो ।

आदिवासी जनजाति लगायतका समुदायका चाड पर्वहरुलाई राष्ट्रिय पहिचान दिने कार्यहरुको शुरुवात नेपाली काँग्रेसको नेतृत्वको सरकारले गरेको बताउनु भयो । आदिवासी जनजाति समुदायका पुस्ताजन्य परम्परागत ज्ञान, सीपको संरक्षण र प्रवद्र्धन गर्न काँग्रेस प्रतिवद्ध रहेको बताउनु भयो ।

संविधानमा रहेका आदिवासी जनजाति आयोग, थारु आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई थप श्रोत साधन सम्पन्न गराउन काँग्रेस सचेत रहेको पनि बताउनु भयो ।


सभापति देउवाले नेपाली काँग्रेस आदिवासी, जनजातिहरुको सशक्तिकरणका लागि सधैँ क्रियाशिल रहेको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here