दश महिनामा सरकार फेरिँदैन, तीन—चार वटा अरु व्यहोर्छौंं : गृहमन्त्री लेखक


२५ बैशाख २०८२, बिहीबार १२:१३ मा प्रकाशित


काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार नै अघि बढ्ने बताउनुभएको छ ।


बिहीवार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोग र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल आयोजना  तथा  द स्टोरी किचेनको सहकार्य ‘दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा हालसम्मको प्रगति र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले आफू मन्त्री बनेको १० महिना भएको र १० महिनाको समय धेरै नरहेको बताउनु भयो । उहाँले विगतमा १० महिनामा सरकार परिवर्तन हुने स्थिति रहँदा एउटा सरकारको कार्यकाल जस्तै लाग्ने गरे पनि अहिलेको सरकार परिवर्तन नहुने बताउनु भयो । उहाँले अहिलेको सरकार १० महिनामै नफेरिने र यस्ता १० महिना तीन—चार वटा अरु पनि कट्ने बताउनु भयो । 


गृहमन्त्री लेखकले संक्रमणकालीन न्यायका सम्बन्धमा कानूनलाई पूर्णता दिएको बताउनु भयो । उहाँले कानूनको अपूर्णताका कारण कामहरु अवरुद्ध भएको बताउनु भयो । ९ महिना यताको समयमा आफूहरुले कानूनलाई पूर्णता दिएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here