महिनामा ३० किलोमिटर बाटो पिच गर्न नसके राजिनामा दिन्छुः द्धारिकलाल चौधरी


१६ श्रावण २०७६, बिहीबार १४:४९ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरीका गाँउ गाँउमा विकासको लहर छाएको दावी गरेका छन् ।

एक कार्यक्रमलाई सम्वोधन गर्दै उनले १४ महिनामा ३० किलोमिटर बाटो पिच गर्न नसके राजिनामा दिने बताएका छन् । इटहरीमा सडक निर्माणको कामले गाँउ गाँउमा तिव्रता लिएको बताए । इटहरीका ११ वटा सडक बहुवर्षिय योजना अनुरुप निर्माण हुदै छन् । ती सडक निर्माण पछि गाँउ र मुख्यसडकलाई पिच बाटोले जोडने छ । उपमहानगरका गाँउ गाँउका जनतालाई पनि उपमहानगरवासी भएको अनुभूति दिलाउने गरि गाँउका मुख्य मुख्य बाटोलाई कालोपत्रे गर्ने कार्य भइरहेको उनले बताए । काम गर्न समय लाग्छ प्रमुख चौधरीले भने, “तुरुन्तै कामको परिणाम नदेखिन सक्छ तर केहि समयमै इटहरीमा विकासको नयाँ उचाई प्राप्त हुने गरि काम भइरहेको छ ।”

गत वर्ष इटहरी उपमहानगरले करिब सात सय योजना सडक निर्माणको संचालन गरेको थियो । चालु आर्थिक वर्षमा पनि भौतिक संरचना निर्माणलाई नै प्राथमिकता दिएको छ । उनले वाहय चक्रपथका लागि सहयोग गर्न संघ र प्रदेश सरकार सँग आग्रह गरेका छन् । इटहरी उपमहानगरले सो चक्रपथको डिपिआर निर्माणका लागि तीन करोड रुपियाँ छुटयाएको छ ।

इटहरीलाई हरेक क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि योजना तयार भइरहेको प्रमुख चौधरीले बताए । ब्यक्तिले भोगचलन गरेका करोडौमूल्य पर्ने पोखरीहरु उपमहानगर मातहत ल्याएको, सार्वजनिक जग्गा खोजी अभियानलाई तिव्रता दिएको सुनाए । उनले आफू उपमहानगरमा निर्वाचित हुदाँ खाली आएको र जाँदा पनि खालीनै जाने बताए । तर उपमहानगरमा रहेका वेथिती हटाउदै इटहरीको सम्वृद्धि र विकासलाई भने नयाँ उचाईमा पुर्याउने बताए । मेयर चौधरीले चलाएको भ्रष्टाचार विरोधी अभियानलाई सस्थागत गर्दै उपमहानगरको पाँचौ नगरसभाले “सुशासन र सम्वृद्धि हाम्रो अभियान, भ्रष्ट्राचार विहिन सरल, सहज र पहुँचयुक्त इटहरी नगर प्रशासन” नारा नै तय गरेको छ ।

सभाले सुशासन ऐन समेत पारित गरिसकेको छ । इटहरीको सामाजिक, शैक्षिक, आर्थिक र भौतिक विकासका लागि सहयोग गर्न उनले उपमहानगरवासीलाई आग्रह गरे । आफू सबै पक्षसँग सहकार्य गरेर अघि बढने उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here