काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यक्षेत्र नछोड्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको छ ।
देशभरका ७५३ स्थानीय तहका प्रशासकीय अधिकृतलाई पत्राचार गर्दै मन्त्रालयले काज वा बिदामा बसेको भए तत्काल कार्यक्षेत्र जान आग्रह गरेको हो । मन्त्रालयका शाखा अधिकृत महेशकुमार दाहालले कार्यसम्पादन मूल्यांकन फारम, सम्पति विवरण बुझाउनेजस्ता कार्य छाडेर प्रशासकीय अधिकृत बिदा वा काजमा रहँदा काम प्रभावित भएकोले तत्काल कार्यक्षेत्र गएर काम गर्न निर्देशन दिएका हुन् ।





