पूर्व श्रम राज्यमन्त्री गुरुङ र संघीय सांसद घलेद्धारा विद्यार्थीलाई पोशाक वितरण


१६ श्रावण २०७६, बिहीबार १३:१९ मा प्रकाशित

मनाङ । मनाङको नासों गाउँपालिकाको एक आवासीय माध्यमिक विद्यालयलाई पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ र संघीय सांसद कर्मा घलेद्वारा सहयोग सामाग्री उपलब्ध गराईएको छ ।

उक्त सहयोग सामाग्रीहरु नासों गाउँपालिका आयोजनामा श्री प्रकाशज्योति आवासीय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई एक समारोहको आयोजना गरी वितरण गरिएको छ । कार्यक्रमका प्रमूख अतिथि नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले पूर्व राज्यमन्त्री गुरुङद्वारा दिईएको जुत्ता मोजासहित स्पोर्टस् ट्रयाकसुट सेट र संघीय सांसद घलेले प्रदान गरेको विद्यालय पोशाक सेट १ सय ६५ जना छात्रछात्रलाई वितराण गरेका थिए । स्पोर्टस् ट्रयाक सुट सेट तथा विद्यालय पोशाक वितरण गर्दै कार्यक्रमका प्रमूख अतिथि गाउँपालिकाका अध्यक्ष घलेले स्थानीय तहका विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धि गर्न आफुले दिलोज्यान दिएर लागि परेको बताए ।

उनले भने ‘नासों गाउँपालिका भित्रका विद्यालयहरुका आर्थिक अवस्था कमजोर भएका र भूगौलिक दुरीले विद्यालयहरुबाट टाढा रहेका बालबालिकाहरुलाई आवासीय सुविधासहित अध्ययन गर्न सेवा शुरु गरिएयता विद्यार्थी यहाँको शैक्षिक गुणस्तरमा परिवर्तन आएको मलाई महशुस भएको छ । यस प्रकाशज्योति माध्यमिक विद्यालय निरिक्षणमा आउनु भएको बेला पूर्व श्रम तथा रोजगार राज्य मन्त्री टेकबहादुर गुरुङज्यूबाट यस विद्यालयका आवासीय विद्यार्थीहरुलाई जुन स्पोर्टस् जुत्ता, मोजा सहित ट्रयाक सुट सेट र र संघीय सांसद कर्मा घलेज्यूले स्कूल डे«स दिएर यहाँका विद्यालयलाई ठूलो सहयोग गर्नु भएको छ । यो उहाँहरुको मनाङ जिल्लाको शिक्षा क्षेत्रका लागि ठूलो योगदान हो ।’

त्यसैगरी कार्यक्रमा शुभकामना मन्तव्य दिदै नासों गाउँपालिकाका प्रमूख कार्यकारी अधिकृत सुमन अधिकारीले पूर्व श्रम तथा रोजगार मन्त्री टेकबहादुर गुरुङ र संघीय सांसद कर्मा घलेबाट प्राप्त यी विद्यालय सहयोग सामाग्रीले विद्यार्थीहरु निकै हर्षित भएका र उनीहरुलाई ठूलो हौसला प्राप्त भएको बताए । सहयोग सामाग्री वितरण समारोहको अतिथिका रुपमा सहभागी भएका नेपाली कांग्रेस मनाङका सचिव विनोद गुरुङले धन भएका धनी जति भए पनि मन भएका धनी पाउन मुस्किल पर्ने आजको युगमा पूर्व राज्य मन्त्री गुरुङबाट यस विद्यालयका विद्यार्थीहरुलाई स्पोर्टस् ड्रेस र संघीय सांसद कर्मा घलेबाट र स्कूल युनिफर्म प्रदान गरिनु निकै नै सह्रानीय भएको अभिब्यक्ति दिए ।

समारोहका अर्का अतिथि नासों गाउँपालिका वडा नं. ७ का अध्यक्ष धनबहादुर गुरुङले पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङ र संघीय सांसद कर्मा घले यस विद्यार्थीहरुलाई मात्रै नभएर यहाँका अभिभावकहरुलाई समेत ठूलो गुण लगाएको आफुलाई महशुस भएको धारणा ब्यक्त गरे । कार्यक्रममा प्रकाशज्योति माध्यमिक विद्यालयका प्रधान अध्यापक पद्मराज पन्थी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरजङ गुरुङलगायतले समेत प्राप्त स्पोर्टस् युनिफर्म र विद्यालय पोशाक प्रदान गरेको पूर्व राज्यमन्त्री गुरुङ र संघीय सांसद घलेको निकै प्रशंसा गरेका थिए ।

सोही समारोहमा विद्यार्थीहरुलाई स्पोर्टस् युनिफर्म र विद्यालय युनिफर्म उपलब्ध गराएको प्रशंसा गर्दै कार्यक्रम आयोजक तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । मायाको चिना पूर्व श्रम तथा रोजगार राज्य मन्त्री टेकबहादुर गुरुङको तर्फबाट नेपाली कांग्रेस मनाङ सचिव सुरेन्द्र गुरुङले गरेका थिए भने संघीय सांसद कर्मा घलेका तर्पmबाट विनोद गुरुङले उक्त मायाको चिनो ग्रहण गरेका थिए । नासों गाउँपालिका ५ नम्बर वडाका अध्यक्ष छिरिङ ग्याल्पो पुनेलको अध्यक्षतामा आयोजित समारोहमा ११ औं राष्ट्रपति रनिङशिल्डमा सहभागी भएर विभिन्न विधामा पदक जितेका विद्याथईहरुलाई सम्मान तथा प्रशंसापत्र वितरण गरिएको थियो । त्यसैगरी राष्ट्रपति रनिङ शिल्डमा दोश्रो स्थान हासिल गर्न विद्यार्थीहरुलाई कराँते तर्फ उत्कृष्ठ प्रशिक्षण दिएको कदर गर्दै प्रशिक्षकहरुलाई समेत कदरपत्र प्रदान गरिएको थियो ।

जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको शिल्ड प्रकाशज्योति माध्यमिक विद्यालय थोँचे र भानु माध्यमिक विद्यालय, ताल रहेको नासों गाउँपालिकाले हात पारेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here