छाताचोकबाट ठूलो परिमाणमा मोबाइल र मोबाइल पार्टस बरामद


७ बैशाख २०८२, आईतवार ११:३२ मा प्रकाशित

झापा, बैशाख ७ । प्रहरीले झापाको अर्जुनधारा–६ स्थित छाताचोकबाट ठूलो परिमाणमा मोबाइल र मोबाइल पार्टसका सामानहरु बरामद गरेको छ ।

गएराति १० बजे इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले छाताचौकमा बेबारिसे अवस्थामा प्लास्टिकको बोरामा पोका पारी राखेको अन्दाजी १८ लाख १० हजार २५० बराबरको अबैध सामान बरामद गरेको हो । उक्त बोराको पोका खोली हेर्दा मोबाइल र मोबाइल पार्टसका सामानहरु बरामद भएको इलाका प्रहरी कार्यलय अनारमनीले जनाइएको छ ।

त्यस्तै, गएराति नै प्रहरीले पिकअपसहित करिव २२ लाख मूल्यको अवैध सामान बरामद गरेको छ । भद्रपुर नगरपालिका वडा नम्वर ९ मा भारतवाट नेपालतर्फ भन्सार छलि बा १८ च ४६१६ नम्वरको पिकअप गाडीमा ल्याउँदै गरेको मोवाइल फोनको पार्टस २० कार्टुन अन्दाजी ४ लाख बराबरको सामान, गाडी र चालक भद्रपुर ५ वस्ने २३ वर्षीय राहुल कामतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडी र सामानसहित कामतलाई जिल्ला प्रहरी कार्यालय झापामा ल्याई अनुसन्धान भइरहेको डीएसपी खगेन्द्र खड्काले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here