टर्कीद्वारा लागुऔषध विरोधी अभियानमा ५२५ संदिग्ध पक्राउ


६ बैशाख २०८२, शनिबार १०:५९ मा प्रकाशित


टर्कीका गृहमन्त्री अली येर्लिकायाले टर्कीका अधिकारीहरूले राजधानी अंकारामा लागुऔषध विरोधी अभियानमा ५२५ व्यक्तिहरूलाई पक्राउ गरेको बताउनुभएको छ । जुन राष्ट्रको इतिहासमा सबैभन्दा ठूलो लागूऔषध कारबाही हो ।

यो अभियानले राजधानीभरि ६२५ भन्दा बढी स्थानहरूलाई लक्षित गरेको थियो । यसमा ४ हजार ७६८ प्रहरी अधिकारीहरू, १ हजार ४६१ टोलीहरू, ४० विशेष रूपमा प्रशिक्षित डिटेक्टर कुकुरहरू, चार मानवरहित हवाई सवारी साधनहरू र हवाई सहयोग तत्वहरू समावेश थिए ।

टर्किएद्वारा समन्वय गरिएको युरोपव्यापी कारबाहीको एक दिनपछि यो कारबाही भएको हो । यस कारबाहीको परिणामस्वरूप नेदरल्याण्ड्स, जर्मनी, स्पेन, बेल्जियम र टर्किए लगायत धेरै देशहरूमा २३० भन्दा बढी पक्राउ परेका छन् र ४० करोड अमेरिकी डलरको सम्पती जफत गरिएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here