मधेस प्रदेशका १ हजार ८ सय बढी स्वास्थ्यकर्मी आन्दोलनमा


२८ चैत्र २०८१, शुक्रबार १२:०४ मा प्रकाशित


काठमाडौं । मधेस प्रदेशका १ हजार ८ सय बढी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।


मुख्यमन्त्री कार्यालय अगाडि जारी धर्नामा चौथो र पाँचौं तहका सिअहेव तथा सिअनमी स्वास्थ्यकर्मी सहभागी छन् । उनीहरूले चैत २५ गतेदेखि धर्ना शुरु गरेका थिए ।

धर्नामा सहभागी संयोजक मोहन साहले मधेस प्रदेश सरकारले ल्याएको ‘मधेस प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१’ मा उल्लेख भएको एक बाध्यात्मक वाक्यांशका कारण आफूहरु धर्नामा बसेको बताउनु भयो ।

उक्त ऐनका कारण आफूहरु बढुवाबाट वञ्चित भएको उहाँले बताउनु भयो । उक्त वाक्यांशअनुसार “कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम समायोजन भइसकेका स्वास्थ्यकर्मीहरूको बढुवा यही ऐन बमोजिम मात्र हुनेछ ।

यही बुँदालाई आधार मानेर मधेस लोकसेवा आयोगले प्रक्रिया रोकेपछि चौथो तहबाट सेवा शुरु गरेका कर्मचारीहरू अन्योलमा परेका छन् । आन्दोलनमा सहभागी करिव आधा स्वास्थ्यकर्मी महिला छन् । उनीहरू पनि सक्रिय रूपमा धर्नामा सहभागी छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here