नेपाली श्रम बजारमा विदेशीहरु रोजगारीका निम्ति आउने परिस्थिति निर्माण गर्ने मिसनमा छौँः अर्थमन्त्री


२८ चैत्र २०८१, शुक्रबार १३:१६ मा प्रकाशित


काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली श्रम बजारमा विदेशीहरु रोजगारीका निम्ति आउने परिस्थिति निर्माण गर्ने बताउनुभएको छ ।


शुक्रवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० र ३१ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले देशभित्र रोजगारीका अवसरहरु सिर्जना गर्ने र देशका नागरिकहरुलाई खुशीसाथ स्वदेशमै राख्ने वातावरण निर्माण गर्न सरकार लागिरहेको बताउनु भयो ।

उहाँले अहिले नेपालीहरु अन्तर्राष्ट्रिय श्रम बजारमा रोजगारीका लागि जाने गरेको भन्दै नेपाली श्रम बजारमा विदेशीहरुले रोजगारीका निम्ति आउने परिस्थिति निर्माण गर्ने मिसनमा अघि बढिरहेको बताउनु भयो । अर्थमन्त्री पौडेलले अन्तर्राष्ट्रिय श्रम बजारमा पुगेका नेपालीहरु फुर्ति र सीप लिएर फर्किरहेको बताउनु भयो । आफ्नो पुँजी र सीपलाई सदुपयोग गरेर राष्ट्र निर्माणमा योगदान गरिरहेको बताउनु भयो । 


उपप्रधानमन्त्री पौडेलले आज नेपालीहरु अन्तर्राष्ट्रिय श्रम बजारमा जाने अवस्था रहेको भन्दै सम्मानित र सुरक्षित ढंगले श्रम बजारमा उपस्थिति जनाउनसक्ने, आर्थिक उपार्जन गर्नसक्ने र सुरक्षित ढंगले आफ्नो देश फर्किनसक्ने परिस्थिति निर्माण गर्न सक्नुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here