लेबनानमा इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु, २८ घाइते


१० चैत्र २०८१, सोमबार १०:४५ मा प्रकाशित


लेबनानका स्वास्थ्य अधिकारीहरूकाअनुसार पूर्वी र दक्षिणी लेबनानलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा कम्तिमा ६ जनाको मृत्यु भएको छ । २८ जना घाइते भएका छन् ।

लेबनानको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा टायर शहरका साथै धेरै उपत्यका र गाउँहरूलाई लक्षित गरिएको थियो । जसमा ६ जनाको मृत्यु र २२ जना घाइते भएका छन् । पूर्वी लेबनानमा भएका आक्रमणमा ६ जना घाइते भएको बताएको छ 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here