बिर्तामोडमा टाटाको नयाँ इभिहरू सार्वजनिक


९ चैत्र २०८१, आईतवार १४:३६ मा प्रकाशित

बिर्तामोड। टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले बिर्तामोडमा टाटाको नयाँ इभिहरू लन्च गरेकोछ । यस अवसरमा टाटाको हालै नेपालमा लन्च भएका लोकप्रिय गाडीहरू कर्भइभि, नेक्सनके घइभि, रटियागोइभि २०२५ सार्वजनिक गरिएकोछ ।

यी गाडीहरू बिर्तामोड स्थित अलास्का अटो मोबाइल्सबाट उपलब्ध छन् । कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापती र टाटा मोटर्सका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको उपस्थिति रहेको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका मेयर बलदेव गोम्देनको प्रमुख आतिथ्यता रहेको थियो ।

प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतीले भन्नुभयो, आज बिर्तामोडमा टाटाको नयाँ इभिहरू लन्च गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं । कर्भइभि आकर्षक डिजाइन, प्रिमियमफिल, उत्कृष्ट सुरक्षा फिचर, र नेपाली सडकका लागि उपयुक्त भएकोले यो गाडी प्रिमियम एसयूभी खोज्ने ग्राहकहरूको पहिलो रोजाई बन्ने छ ।

नेक्सनके घइभिले ठूलो ब्याट्री क्षमता र लामो दूरी तय गर्ने सुविधा दिन्छ । टियागोइभि २०२५ मोडेल नंया लुक्स, नंया सुविधाहरू तर पुरानै मूल्यमा आएको छ । अब ग्राहकहरूले आफ्नो बजेट र आवश्यकताको आधारमा टाटाको गाडीहरू इच्छा अनुसारले रोज्न सक्नुहुनेछ ।

अलास्का अटो मोबाइल्सका प्रबन्ध निर्देशक प्रकाश शिवाकोटीले टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरू लन्च गर्न पाउँदा खुसी व्यक्त गर्दै यी गाडीहरूले बजारमा ठूलो प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नयाँ गाडीहरूको साँचो पनि ग्राहकहरूलाई हस्तान्तरण गरिएको थियो । बिर्तामोडका ग्राहकहरूले अलास्का अटो मोबाइल्समा गएर कर्भइभि, नेक्सनके घइभि, रटिया गोइभि २०२५ को टेस्टड्राइभ गर्न पाउने छन् । टाटा मोटर्सले नेपाली बजारमा आफ्नो उच्चगुणस्तर र विश्वसनीयताको छाप छोड्दै आएको छ । यस पटक लन्च भएका नयाँ इभिहरूले पनि ग्राहकहरूको आकांक्षा पूरा गर्ने अपेक्षा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here