इन्द्रचन्द्र क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका श्रीजित ढुंगाना निर्वाचित


५ चैत्र २०८१, बुधबार १४:४० मा प्रकाशित

बिर्तामोड । इन्द्रचन्द्र क्याम्पस बिर्तामोडको स्ववियु सभापतिमा नेवि संघका श्रीजित ढुंगाना निर्वाचित भएका छन् । सभापतिका उम्मेदवार ढुंगाना ३४० मत प्राप्त गर्दै विजयी भएका हुन् ।

अनेरास्ववियुबाट सभापतिका उम्मेदवार आकाश थापाले १९७ र अनेरास्ववियु ( क्रान्तिकारी) बाट सभापति पदका उम्मेदवार प्रज्वल कडरियाले १०९ मत प्राप्त गरेका थिए ।

सचिवमा नेविसंघका पवन अधिकारी र कोषाध्यक्षमा एरिना थापा निर्वाचित भएका छन् ।
सदस्यहरुमा प्रशान्त पौडेल, युगल गौतम, यज्ञराज सुवेदी, राहुल राजवंशी, आस्था पौड्याल, निशान अधिकारी, दिपक दाहाल निर्वाचित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here