स्ववियु निर्वाचन: गरामनी क्याम्पसमा राप्रविस का केशव खरेल अध्यक्षमा निर्वाचित


४ चैत्र २०८१, मंगलवार १८:१० मा प्रकाशित

झापा। बिर्तामोड-९ स्थित गरामनी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

कुल ४० जना मतदातामध्ये ३७ जनाले मतदान गरेका थिए। मतदान अधिकृत निरतलाल राजवंशीले निर्वाचन सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन्।


निर्वाचनको मतगणनापछि राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (रा.प्र.वि.स.) का केशव खरेल २३ मतसहित विजयी भएका छन्।

अन्य प्रतिस्पर्धीमध्ये अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले ६ मत, भने नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ८ मत प्राप्त गरेको थियो।

सचिव पदमा रा.प्र.वि.स.का सन्दीप अधिकारी २१ मतसहित विजयी भए भने कोषाध्यक्ष पदमा रामकृष्ण पौडेल १९ मत प्राप्त गरी निर्वाचित भए। सदस्य पदमा पनि रा.प्र.वि.स. का उम्मेदवारहरू विजयी भएका छन्।


यद्यपि, अनेरास्ववियुकी रमिला बुढाथोकीले सदस्य पदमा विजयी हुँदै आफ्नो संगठनको उपस्थिति दरिलो बनाएकी छन्।


निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र विजयी उम्मेदवारहरू क्याम्पसका शैक्षिक तथा विद्यार्थी हितका मुद्दाहरूमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here