सिरियाको लताकियामा भएको विस्फोटमा मृत्यु हुनेको संख्या ८ पुग्यो


२ चैत्र २०८१, आईतवार १०:४२ मा प्रकाशित

सिरियाको तटीय शहर लताकियामा भएको शक्तिशाली विस्फोटमा मृत्यु हुनेको संख्या ८ पुगेको छ । तीन महिला र एक बालबालिकासहित कम्तिमा आठ जनाको मृत्यु भएको बताइएको छ ।

सिरियाली नागरिक रक्षाकाअनुसार दक्षिणी अल–रामल अल–जानौबी छिमेकमा रहेको स्क्र्याप–मेटल पसलमा विस्फोट भएको थियो । जसले नजिकैका आवासीय भवनहरूमा व्यापक क्षति पु¥याएको छ । उद्धारकर्मीहरूले भग्नावशेषमुनि फसेको आशंकामा पीडितहरूको खोजी जारी राखेका छन् ।

मृतकको संख्या अझ बढ्नसक्ने चिन्ता व्यक्त गरिएको छ । बेलायतमा आधारित अनुगमन समूह सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले उक्त क्षेत्रमा अघिल्लो झडपबाट बाँकी रहेको विस्फोट नभएको क्षेप्यास्त्रका कारण विस्फोट भएको बताएको छ ।

समूहले मृत्यु र घाइते दुवैसहित कुल १५ जनाको मृत्यु भएको रिपोर्ट गरेको छ । सिरियाको तटीय क्षेत्र लताकिया गत हप्तादेखि व्यापक हिंसाको सामना गरिरहेको छ । जसको परिणामस्वरूप कम्तिमा १ हजार ५ सय जनाको मृत्यु भएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपाल ले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here