काँग्रेस केन्द्रिय कार्यालमा शिक्षकहरुको धर्ना


२७ फाल्गुन २०८१, मंगलवार १५:३६ मा प्रकाशित

काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सदस्यहरुले नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिएका छन् ।


मंगलवार नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा शिक्षकहरुले धर्ना दिएका हुन् । उनीहरुले पार्टी केन्द्रिय कार्यालय सानेपामा पुगेर विगतका सबै सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन गरेका हुन् ।

राजनीतिक दलहरुका केन्द्रिय कार्यालयमा धर्ना दिने कार्यक्रमअन्तर्गत मंगलवार काँग्रेस केन्द्रिय कार्यालयमा धर्ना दिएका हुन् । उनीहरुले शिक्षा अध्याँरो जीवनलाई उज्यालोतर्फ डो¥याउने माध्यम भएकाले सामान्य रुपमा नलिन आग्रह गरे । देश चलाउन शिक्षा अनिवार्य रहेको र शिक्षा देशको मेरुदण्ड भएको जिकिर गरे । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here