काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार प्रधानमन्त्री र मन्त्रीहरुले नभई विचौलियाहरुले चलाइरहेको टिप्पणी गर्नुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारका सबै नियुक्ति र निर्णयमा बिचौलियाहरुको हस्तक्षेप रहेको बताउनुभएको हो । उहाँले पछिल्लो आठ महिनामा विचौलियाको प्रभावबिना गरेका निर्णय र नियुक्ति देखाउन सरकारलाई चुनौति समेत दिनुभयो । अध्यक्ष दाहालले वर्तमान सरकारको ड्राईभिङ सिटमै विचौलिया रहेको आरोप लगाउनु भयो ।
उहाँले वर्तमान सरकार संसदको बलमिच्याँइ र संविधानको अपहेलनाबाट बनेको आरोप समेत लगाउनु भयो ।