जनताले ल्याएको लोकतान्त्रिक गणतन्त्र जनताले चाहेसम्म रहन्छ: रक्षामन्त्री राई


२७ फाल्गुन २०८१, मंगलवार १७:०९ मा प्रकाशित


काठमाडौं ।
रक्षामन्त्री मानवीर राईले जनताले ल्याएको लोकतान्त्रिक गणतन्त्र भएकाले जनताले चाहेको बेलासम्म रहने बताउनुभएको छ । 


संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले लोकतन्त्र नसकिने बताउनुभएको हो । उहाँले जनताले बनाएको संविधान सकिने भन्ने नहुने बताउनु भयो । उहाँले जनताले बनाएकै संविधानका कारण आज सर्वसाधारण मानिस राष्ट्रपति हुन पाएको उल्लेख गर्नुभयो । 

रक्षामन्त्री राईले जनताले बनाएको संसिवधान, लोकतन्त्र र गणतन्त्र भएकाले अन्त्य नहुने जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here