संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी), महिला समितिकी सदस्य सीता लामाले श्रम बजारमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न सरकारसँग माग गर्नुभएको छ ।
आईतवार जेटियुसिसी महिला समिति चौथो राष्ट्रिय सम्मेलनपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले श्रम बजारको कार्यथलोमा महिलामाथि हुने र विभेद व्याप्त रहेको उल्लेख गर्नुभयो ।
उहाँले महिलाहरुको न्युनतम पारिश्रमिक समेत बढाउनुपर्ने बताउनु भयो । महिलाहरुलाई अवसर नदिएकै कारण मुलुकको अर्थतन्त्रमा सहयोग गर्न नसकेको कारण राज्यले बुझिदिनुपर्ने उहाँको भनाइ छ ।
श्रमिकहरुलाई स्थानीय तहमा पञ्जिकरण गर्नुपर्नेमा अध्यक्ष लामाको जोड छ ।