सरकारले जनतालाई रोग, भोक र शोकमा डुबाएको छः सांसद तिमिल्सिना


१८ फाल्गुन २०८१, आईतवार १४:४७ मा प्रकाशित



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सांसद गोमादेवी तिमिल्सिनाले वर्तमान सरकारले जनतालाई रोग, भोक र शोकमा डुबाएको आरोप लगाउनुभएको छ । 


राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै सांसद तिमिल्सिनाले यस्तो आरोप लगाउनुभएको हो । उहाँले जनताले वचत गरेको रकम सहकारीले हिनामिना गरेर जनतालाई बिचल्लीमा पारेको आरोप लगाउनु भयो । उहाँले राजनीतिक दलहरु नसम्हालिँदा दलका नेता र कार्यकर्ता नै सहकारी ठगीमा संलग्न रहेको बताउनु भयो । 

उहाँले सरकार सहकारी पीडितलाई न्याय कहिले दिने ? भन्दै सरकारलाई प्रश्न समेत गर्नुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here