मृगौला पिडित मनिषा मगरलाई युएइबाट आर्थिक सहयोग


१३ श्रावण २०७६, सोमबार १८:२४ मा प्रकाशित

झापा । बुद्धशान्ति गाउँपालिका ४ कि मृगौला पिडित मनिषा मगरलाई बुद्धशान्ति–४ का झापाली समाज युएइका सदस्य तथा अन्यबाट आर्थिक सहयोग गरिएको छ ।

झापाली समाज युएईका सचिव पारस लामाको संयोजकत्वमा संकलन गरिएको नगद रु १ लाख ४८ हजार १ सय २५ रुपैँया आइतबार मनिषाको घरमानै गएर मनिषाकी आमालाई नरुषा घिसिङ र एलिसा तामाङले हस्तान्तरण गरेका थिए ।

 

आर्थिक अवस्था कमजोर भएको र डाक्टरले तत्काल मृगौला फेर्नुपर्ने बताएपछि उनको परिवार आर्थिक समस्या परेको हो । यतिबेला मनिषाको ललितपुर स्थित किस्ट कलेजमा उपचार भइरहेका छ । हप्तामा २ चोटी देखि ३ चोटी सम्म डाइलोसिस गर्नु पर्ने अवस्था रहेको मनिषाको मृगौला प्रत्यारोपणमा ठुलो रकम लाग्ने भएकाले सबैमा सहयोग गरिदिन उनकी आमा प्रेम कुमारी मगरले अनुरोध गरेकी छिन् ।

पारिवारिक अवस्था अत्यन्तै कमजोर भएकोले स्थानीय राजेन्द्र राईको संयोजकत्वमा यतिबेला मनिषा मगर बचाउ अभियान समेत संचालन गरि आर्थिक संकलनको क्राय अघि बढाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here