चीनको गुइझोउ प्रान्तमा पहिरो, मर्नेको संख्या ३८ पुग्यो


१३ श्रावण २०७६, सोमबार १८:०२ मा प्रकाशित

चीन । चीनको गुइझोउ प्रान्तमा गत हप्ता आएको भिषण बाढी र त्यसपछि गएको पहिरोमा परी ज्यान जाने नागरिकको संख्या ३८ पुगेको जनाइएको छ ।

दक्षिणपश्चिमी चीनको सिचेङ काउन्टीमा गएको सो पहिरोका कारण सोमबार बिहानसम्म पनि १३ व्यक्ति बेपत्ता रहेका छन् । स्थानीय समयानुसार सोमबार बिहान ११ बजेसम्म उक्त पहिरोबाट ज्यान जाने नागरिकको संख्या ३८ पुगेको स्थानीय अधिकारीहरुले जानकारी दिएका हुन् । गत मङ्गबार नै सो क्षेत्रमा पहिरो गएको थियो ।

तर उक्त पहिरोबाट कम्तीमा पनि ४९ जना स्थानीय नागरिकको भने उद्धार गरिएको बताइएको छ । उद्धार गरिएकामा ११ जना गम्भीर घाइते भएकोले उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । सो पहिरोमा हराइरहेका नागरिक खोजी कार्य भइरहेको उद्धारकर्ताहरुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here