ऐतिहासिक र पौराणिक भौतिक संरचनाहरु संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न


२ फाल्गुन २०८१, शुक्रबार २०:२७ मा प्रकाशित

बिर्तामोड । रवीकिरण वान्तवा, बिर्तामोडमा ‘पौराणिक तथा पुरातात्विक ढंगले प्रतिष्ठित देवी,देव क्षेत्रलाई पर्यटकीय एवं धार्मिक पर्यटकीय स्थलको रुपमा संरक्षण र विकसित गर्ने उद्देश्यले निर्माण गरिने भौतिक संरचना’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


उक्त अन्तरक्रियात्मक कार्यक्रमलाई प्रष्ट पार्न प्रमुख वक्ताहरुका रुपमा श्री शङ्कर आचार्य पीठ साधुटारका व्यास अध्यक्ष लक्ष्मी प्रसाद आचार्य, पर्यटन बिज्ञ अमिर राई, पूर्वाञ्चल ईञ्जिनियरिङ अध्ययान संस्थानका क्याम्पस प्रमुख काजीराम कार्की र ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जन रहनु भएको थियो ।


कार्यक्रमको सहजिकरण इञ्जिनियर प्रकाश कुमार सिंहले गर्नु भएको थियो । कार्यक्रममा ऐतिहासिक र पौराणिक भौतिक संरचनाहरु निर्माण गर्दा वा मर्मत सम्भार गर्दा महत्व नबुजी अगाडी बढिए पुरतात्विक सामाग्रीहरुको संरक्षण नहुने कुरामा वक्ताहरुको जोड थियो । त्यस्ता संरचनाहरु निर्माण गर्दा वा धार्मिक स्थलहरुमा मठमन्दिर निर्माण गर्दा छलफल र संबन्धित बिषयमा गहिरो अध्यायन गरी गुरुयोजना बनाएर अगि बढनु पर्ने उहाँहरुको सुझाव थियो ।


कार्यक्रममा बिर्तामोड, अर्जुनधारा, शिवसताक्षी सहित झापा जिल्लाका भरका पालीकाहरुका जनप्रतिनिधीहरुको पनि बाक्लै उपस्थिति रहेको थियो । नेपाल ईञ्जिनियर्स एशोसिएसन बिर्तामोड स्थानिय केन्द्र, विर्तामोडले आयोजना गरेको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष ईन्जिनियर इन्द्रमणि घिमिरेले गर्नु भएको थियो ।

आयोजकका सस्थापक अध्यक्ष ईञ्जिनियर रोशन सुवेदीले स्वगत गर्नुभएको कार्यक्रममा ईञ्जिनियर रगरनाथ शाहले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन ईञ्जिनियर अजित ढुगानाले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here