बिर्तामोड । देव वाँस्कोटा , बिर्तामोड–५ मा रहेको अनारमनी लिभर्टी स्कुलले अभिभावक दिवस भव्य रूपमा मनाएको छ ।
कार्यक्रममा विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । समारोहमा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम, नृत्य, गायन, तथा प्रतिभा प्रदर्शन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगर शिक्षा उपसचिव तिलचन भण्डारीले विद्यालयको शैक्षिक योगदानको प्रशंसा गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने संस्थाको रूपमा अनारमनी लिभर्टी स्कुललाई अघि बढाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

उहाँले विद्यालय प्रशासन तथा सबै शिक्षकहरुलाइ आगामी दिनमा अझ प्रभावकारी शिक्षण प्रणाली गर्न आग्रह गर्नुभयो । साथै उक्त कार्यक्रममा कक्षा ३ देखी कक्षा १० सम्म प्रथम भएका सबै विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
साथै बिर्तामोड नगरपालिका भरका स्कुहरुमध्येबाट एसईईमा उत्कृष्ट नम्बर ल्याएका यसै स्कुलका छात्र प्रभात रिजाललाई पनि पुरस्कार हस्तानतरण गरिएको थियो कार्यक्रमा विशेष अतिथि तथा विद्यालयका अभिभावक डिल्लीराम सिवाकोटी, रीता काफ्ले लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

विद्यालयका प्रधानध्यापक पुर्ण प्रसाद विष्टले १७ औँ वर्षको यात्रामा साथ दिने सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी र शुभेच्छुकहरूलाई धन्यवाद दिँदै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमको सञ्चालन कञ्चन भट्टराई खनालले गर्नुभएको थियो ।।






