सुन तोलाको १ लाख ७० हजार नाघ्यो


२ फाल्गुन २०८१, शुक्रबार ११:०१ मा प्रकाशित

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ पुगेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको हो । 

बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here