बिर्तामोडमा आजदेखि अन्तरपालिका महिला फुटबल प्रतियोगिता हुँदै


२६ माघ २०८१, शनिबार १०:३१ मा प्रकाशित

बिर्तामोड । झापाको बिर्तामोड आजदेखि अन्तरपालिका महिला फुटबल प्रतियोगिताको हुने भएको छ । नगर खेलकुद विकास समिति बिर्तामोडले आदेखि फागुन ५ गतेसम्म  प्रतियोगिता सञ्चालन हुने जनाएकाे हा । 

नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले पहिलोपटक महिलाहरूका लागि फुटबल प्रतियोगिता आयोजना गरिएको जानकारी दिए। उनका अनुसार प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्ने कार्यक्रम  छ । पहिलो दिनको खेलमा बुद्धशान्ति र बिर्तामोडबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । 

प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ र उप–विजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष गिरीले जानकारी दिए। 

प्रतियोगिता उद्घाटनमा क्रिकेट जित्ने पालिकाका खेलाडीहरुलाई ५० हजार नगदसहित पुरस्कृत गरिने क्रिकेट संयोजक विशाल अग्रवालले जानकारी दिए। खेलकुद विकास समितिका सचिव विसन लिम्बूका अनुसार डोमालाल राजबंशी रंगशालामा आयोजना गरिएको प्रतियोगितामा १० वटा पालिकाहरूको सहभागिता रहने छ ।

महिला फुटवल प्रतियोगिता आयोजना गर्न ३४ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि प्याराफिट र मैदानसहित सम्पूर्ण तयारी भइसकेको जनाइएको छ । प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here