पाथीभरामा केबलकार बनाउने कुरा शान्तीपूर्ण संवादबाट टुंग्याउनुपर्छः काँग्रेस सांसद महत


२५ माघ २०८१, शुक्रबार १७:४९ मा प्रकाशित



काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले ताप्लेजुङको पाथिभरा मन्दिर पुग्नका लागि केबलकार बनाउने विषयमा भएको विवाद शान्तीपूर्ण संवादबाट टुंग्याउनुपर्ने बताउनुभएको छ ।


शुक्रवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ताप्लेजुङ वासीको परम्परा र संस्कृतिको संरक्षण हुनेगरी केबलकार बनाउनुपर्ने बताउनु भयो । उहाँले पाथीभरामा केबलकार निर्माण गर्न सके त्यहाँको आर्थिक गतिविधि चलायमान हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले केबलकार बनाउन सके पर्यटकको संख्यामा वृद्धि हुने भएको कारण त्यहाँको स्थानीय उत्पादनले स्थान पाउने र रोजगारीको अवसर समेत सिर्जना हुने बताउनु भयो । उहाँले केबलकार निर्माणको विषयमा भइरहेको विवाद मिलाउन सरकार लागिपरेको समेत बताउनु भयो । 

ताप्लेजङको पाथिभरा मन्दिर जाने केबलकार बनाउने विषयमा पक्ष र विपक्षबीच विवाद हुँदै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here