बिर्तामोड । झापाको बिर्तामोड-४ स्थित को एभरेस्ट होटल एण्ड लजमा गर्ल फ्रेन्डसंग बसेका एक युवकको मृत्यु भएको छ । बिहीबार राति हल्दिवारी गाउँपालिका वडा न.१ गोलधाप बस्ने ३० वर्षीय सागर बेस्राको मृत्यु भएको हो ।
आफ्नी गर्ल फ्रेन्ड सुनसरी धरान उप–महानगरपालिका वडा न.१५ घर भई हाल कनकाई नगरपालिका वडा न.७ दुर्गापुर बस्दै आएकी बर्ष अन्दाजी २३ की मुना बिकसंग लजमा बसेका बेस्रा सुतेको कोठाभित्र बाथरुमको ढोकाको छेउ भुइँमा लडेर बेहोस भएका थिए । उनलाई उपचारका लागि युवती र होटल सञ्चालकले उपचारको लागि राति १:२५ बजे बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगेकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
प्रहरीले होटल सञ्चालक बिर्तामोड नगरपालिका ५ बस्ने बर्ष अन्दाजी ४८ की यामकुमारी उप्रेती र मृतकसंग बसेकी मुना बिकलाई नियन्त्रणमा लिएको छ । दुवैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।