अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधारमा ओपनएआई, सफ्टबैंक र ओरेकलबाट ५ सय अर्ब अमेरिकी डलरको लगानीको घोषणा गर्नुभएको छ ।
ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा ट्रम्पले तीन कम्पनीहरू स्टारगेट नामक नयाँ एआई पूर्वाधार कम्पनीमा साझेदारी गर्न तयार रहेको बताउनु भयो । जसले देशभरका डाटा सेन्टरहरूसहित एआईको अर्को पुस्तालाई शक्ति दिन भौतिक र भर्चुअल पूर्वाधार निर्माण गर्नेछ । कम्पनीहरूले १०० अर्ब डलरको लगानीबाट शुरु गर्नेछन् ।
जसमा आगामी चार वर्षमा परियोजनामा ५०० अर्ब डलरसम्म लगानी गर्ने योजना छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।