बैंक तथा वित्तीय संस्थाहरुप्रति भ्रम छर्ने काम भइरहेको छः गभर्नर अधिकारी


१० माघ २०८१, बिहीबार १५:५८ मा प्रकाशित


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुप्रति भ्रम छर्ने काम भइरहेको बताउनुभएको छ ।


बिहीवार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बतउनुभएको हो । बैंक तथा वित्तीय संस्थाहरुप्रति वास्तविक कुराहरु नभइ भ्रम छर्ने कामहरु भइरहेको बताउनु भयो ।

उहाँले साना कर्जाहरु बिस्तार गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले कुनैपनि वित्तीय संस्थाहरु समस्यामा भए त्यसको तथ्यांक राष्ट्र बैंकसँग हुने र सोहीअनुसारको कामहरुबाट संस्थालाई सुझाव दिने काम गरिरहेको बतउनु भयो ।

राष्ट्र बैंकले रेगुलेट गरेको संस्थाको डिपोजिटरलाई कुनै हालतमा पनि समस्यामा पर्न नदिने प्रतिवद्धता जनाउनु भयो । कर्जा बिस्तारमा लाग्न बैंकहरुलाई आग्रह समेत गर्नुभयो । 


गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थामा आउने उत्तारचढावलाई स्वभाविक रुपमा लिनुपर्ने बताउनु भयो । नेपाल राष्ट्र बैंक कुनैपनि निक्षेप कर्तालाई घाटामा पर्न नदिने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here